मधेस प्रदेश समाचार समाज

कञ्चनरुप-५ पडेमाराका अग्नीपीडित परिवारलाई गृहमन्त्री लेखीद्वारा आर्थिक सहयोग

कञ्चनरुप, १५ वैशाख । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ५ पडेमाराका अग्नीपीडित परिवारलाई शुक्रबार आर्थिक सहयोग गर्नुएको छ ।
अग्नी पीडितहरुको समस्या बुझ्न पडेमारा टोलमा पुग्नुभएका मन्त्री लेखीले १६ अग्नीपीडित परिवारहरुलाई भेटघाट गर्दै प्रति परिवार १० हजारको दरले आर्थिक सहयोग गर्नुभएको हो ।
मन्त्री लेखीले घटना स्थलमा प्रत्यक्ष उपस्थित भई आगलागी र यसबाट भएको क्षति बारे जानकारी लिनुको साथै मन्त्रालयको तर्फबाट प्रत्येक परिवारलाई १० हजारका दरले आर्थिक सहयोग गरेको मन्त्री लेखीको सचिवालयले जनाएको छ ।

मन्त्री लेखीले प्रदेश सरकारबाट हुन सक्ने थप सहयोगको लागि अविलम्ब पहल गर्ने गराउने प्रतिबद्धता ब्यक्त गर्दै आगलागीका घटनाहरु वर्तमान समयमा मौसमका कारण दिन प्रतिदिन बढिरहेको र अतुलनिय रुपमा क्षती हुने गरेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभयो । यस्ता बिपदको सामना सबै आम जनसमुदाय मिलेर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उक्त अवसरमा एमाले नेता सुमनराज प्याकुरेल, प्रदेश सदस्य एवम् कञ्चनरुप नगरपालिकाका पूर्व मेयर वसन्त कुमार मिश्र लगायतका स्थानीय जनप्रतिनिधिहरु विभिन्न पार्टीका नेताकार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।

आगलागीबाट सर्वोस्व गुमाएका उनीहरु विचल्लीमा परेका छन्। आगलागीमा परी सम्पुर्ण धनमाल जलेर नष्ट भएपछि उनीहरु विचल्लीमा परेका हुन् ।
आइतबार दिउँसो आगलागी हुँदा १६ परिवारको २४ घर जलेर खरानी भएको थियो । आगलागीमा लालमोहन सरदारको ४ वटा ,बिजुली सरदारको ३ ओटा , आशा सरदार , लालबहादुर सरदार , सुधीर सरदार , बिरबहादुर सरदार , श्यामबहादुर सरदार , रामबहादुर सरदार , बुटु सरदारको दुइ दुइ वटा र त्रिभुवन सरदार , करण चौधरी , समुन्द्री सरदारको एक एक वटा गरि २४ वटा घरर जलेका थिए ।

आगलागीमा २४ वटा घर, गोठ टहरा, अन्नपात, लत्ताकपडा, फर्निचर, ग्यास चुल्हो, सिलिन्डर,बाख्रा,बाख्रा पाठो, विधुतीय सामाग्रीसहित दैनिक उपभोग्य बस्तुहरु जल्दा २५ लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
आगोलाई राजबिराज नगरपापालिका, मधेश प्रदेश तालिम केन्द्र राजबिराज, हनुमानगर कंकालिनी नगरपालिका र कञ्चनरुपनरुप नगरपापालिकाको दमकल र नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियहरुको सहयोगमा नियन्त्रणमा लिएको थियो ।
अग्नी पीडितहरु त्रिपाल टागेर र आफन्तको घरमा शरण लिएर बस्दै आएको स्थानीयले जनाएको छ ।

   

You cannot copy content of this page