बुधबार, १२ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १२ कात्तिक २०८३
कोशी प्रदेश

बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्य, १२ घाईते

भोजपुर, १८ बैशाख । भोजपुरको आमचोक गाउँपालिका ८ पारकवा स्थितमा बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् ।
सोमबार दिउँसो साढे १० बजे को १ ज २६१७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार आमचोक १० की २७ वर्षीया रुना राईको घटनास्थलमा नै मृत्यु भएको हो भने धरान ५ की ३६ वर्षीया शान्ति राईको उपचारको क्रममा सोही दिन घोपा धरानमा मृत्यु भएको हो ।
दुर्घटनामा घाईते भएका चालक आमचोक १ का ३६ बर्षीय प्रकाश राई, ३० बर्षीय सुमन राई, ६० बर्षीय बिर बहादुर राई, ३३ बर्षीया श्रृजना राई, ३१ बर्षीया सरस्वती राई, १३ बर्षीय साईमन राई, ५ बर्षीय सायल राई, ६ महिनाको अनर्प राई, ५ बर्षीय खानुहाङ राई, १३ बर्षीया लिजा राई, ९ बर्षीया आशिका राई र ५ बर्षीया सृष्टी राईको घोपा धरानमा उपचार भईरहेको छ ।
बोलेरो गाडी अनियन्त्रित भई बाटो देखि अन्दाजि २०० मिटर तल खसी दुर्घटना भएको थियो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page