खेलकुद समाचार समाज

सन्दीपले सफाई पाएको खुसीयालीमा सप्तरीको रुपनगरमा दीप प्रज्वलन

कञ्चनरुप, २ जेठ । क्रिकेटर सन्दीप लामिछानेले सफाई पाएको खुसीमा सप्तरीको कञ्चनरुप नगरपालिका –१२ रुपनगरमा दीप प्रज्वलन गरिएको छ ।
सन्दीपका समर्थक खेलप्रेमी स्थानीय युवाहरुले जबरजस्ती करिणी मुद्दामा लामिछानेले सफाई पाएको खुसीमा रुपनगर चोकमा दीप प्रज्वलन गरेको हो ।
कार्यक्रममा बोल्दै खेलप्रेमी अभिषेक गौतमले उच्च अदालतले देशको हिरा प्रति उच्च सम्मान दिएर देशको शिर उचो भएको भन्दै अदालतलाई धन्यवाद दिएका छन ।
उनले सत्यको जहिले पनि जित हुने भन्दै खुशी व्यक्त गरे ।

बुधबार उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई सफाइ दिएको थियो । सोही खुसीयालीमा युवाहरुले दीप प्रज्वलन गरेको भास्कर दाहालले जानकारी दिए ।
उनले देशलाई खेलकुदको माध्यमबाट विश्वभर चिनाउने खेलाडीलाई लगाईएको आरोपले देश नै बद्नामित हुन पुगेकोमा अदालतले न्यायको आभास दिलाएको बताए ।
उनले अब लामिछानेले पुनः क्रिकेटमा आफ्नो देशलाई उच्च तहमा पु¥याउन मद्दत गर्ने समेत विश्वास लिएको बताए ।
कार्यक्रममा क्रिकेट खेलाडीहरु तथा युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो । “सन्दिप देशको हिरा हो, क्रिकेट हाम्रो शान हो” भन्दै युवाहरुले सन्दिपको पक्षमा चर्को नारावाजी समेत गरेका थिए ।

   

You cannot copy content of this page