कोशी प्रदेश समाचार समाज

सुनसरी र मोरङको छुट्टाछुट्टै स्थानबाट ६९० किलो गाँजा सहित ४ जना पक्राउ

बिराटनगर, २ जेष्ठ । सुनसरी र मोरङको दुई छुट्टाछुट्टै स्थानबाट ६९० किलोग्राम गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ट्रक चालक भिमफेदी नगरपालिका १४ मकवानपुरका २५ वर्षीय चन्द्र बहादुर पाख्रिन, सोही ट्रकमा सवार रहेका लेटाङ नगरपालिका ६ मोरङका बल बहादुर लिम्बु र देवानगञ्ज गाउँपालिका ४ का ३० बर्षीय अरबिन्द पाल रहेका छन् ।
इलाका प्रहरी कार्यालय साहेबगञ्जबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज गाँउपालिका ५ मेहेता टोलको भित्री सडक खण्डबाट को १ ख ७१२३ नम्बरको मिनि ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त ट्रकबाट ४ सय ४० किलोग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।
मिनि ट्रकमा ठुलो परिमाणमा गाँजा लोड गरेर सुनसरीको देवागञ्जबाट साहेबगञ्ज तर्फ लैजादै गरेको भन्ने बिशेष सूचानाको आधारमा जेष्ठ १ गते रोकेर चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद भएको थियो ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले भारतिय रुपैयाँ १ लाख ५० हजार, नेपाली रुपैयाँ ५२ हजार र ५ थान मोवायल सेट समेत बरामद गरेको छ ।
यसैगरी मोरङको बिराटनगर महानगरपालिका १७ आइसिपि रोडमा पिकप भेनबाट २५० किलोग्राम लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
काँचो केरा बोकेको प्रदेश १-०२-०२ च ६३३१ नम्बरको पिकप भेनबाट केरा सहित गाँजा अनलोड गर्दे गरेको भन्ने बिशेष सूचनाको आधारमा जेष्ठ १ गते राती इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उक्त पिकप भेनबाट २५० किलोग्राम लागुऔषध गाँजा बरामद गरेको थियो ।
गाँजा बरामद भएसंगै चालक शहिदभुमी गाँउपालिका ३ धनकुटाका १८ वर्षीय दिवस राईलाई समेत पक्राउ गरीएको छ ।
लागुऔषध गाँजा सहित पक्राउ परेका उनीहरुको सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

   

You cannot copy content of this page