कोशी प्रदेश समाचार समाज

बिराटनगरमा बल्ब लगाउने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

बिराटनगर, ७ जेठ । बिराटनगरमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका १९ का ३० वर्षिय राजु ऋषिदेवको करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
आईतवार बेलुका ९ बजे आफ्नै घरमा बिजुलीको बल्ब लगाउने क्रममा अचानक करेन्ट लागि ऋषिदेव घाईते भएका थिए । घाईते उनलाई उपचारको लागि कोशि अस्पताल बिराटनगर लागिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page