कोशी प्रदेश समाचार समाज

बिराटनगरबाट मोटरसाईकल चोरीमा संलग्न २ जना भारतीय युवक पक्राउ

बिराटनगर, ९ जेठ । मोरङबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहारका २० वर्षीय साजिद रजा र २८ वर्षीय एहसान सेख रहेको मोरङ प्रहरीले जनाएको छ ।
बिराटनगर महानगरपालिका ७ बाट प्रदेश १-०२-०४४ प ७०२९ र कोशी १८ प ८८६८ नम्बरको बिभिन्न कम्पनीको मोटरसाईकल चोरीमा संलग्न उनीहरु पक्राउ परेका हुन ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

   

You cannot copy content of this page