कञ्चनरुप , १० जेठ । द्वारिका आचार्य एकता समाजको आठौं वार्षिक साधारण सभा तथा गोठ पूजा सम्पन्न भएको छ ।
बिहिवार सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका ६ महुली मोहनपुर निवासी दिपेन्द्र आचार्यको गोठमा साधारण सभा तथा गोठ पूजा सम्पन्न भएको हो ।
सोहि अवसरमा समाजका विभिन्न सदस्यहरुलाइ सम्मान समेत गरिएको थियो ।
सम्मानित हुनेहरुमा एकता समाजका ज्येष्ठ सदस्यहरु कञ्चनरुप १२ रुपनगर निवासी दिव्यश्वरि निरौला आचार्य , बारापोखरि ४ खोटाङ निवासी भवनाथ आचार्य ,बिराटनगर २ मोरङ निवासी कान्ति पोखरेल आचार्य , इटहरी ९ सुनसरी निवासी भोलानाथ आचार्य रहेका छन् ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2024/05/6ed2aa16-3fc7-4467-8a8f-093117884a1f-1024x593.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2024/05/6ed2aa16-3fc7-4467-8a8f-093117884a1f-1024x593.png)
उहाँहरुलाई दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको थियो भने २०७९ सालको एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याइ पास हुने महालक्ष्मी नगरपालिका ७ ललितपुर निवासी रिपनकुमार आचार्य , काठमाडौं मा बि चौकोट काभ्रे निवासी कृतिका आचार्य , इटहरी सुनसरी निवासी साकार आचार्यलाई प्रशंसा पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।
सो कार्यक्रममा बोल्दै एकता समाजका संरक्षक भुवन आचार्यले साधारण सभा र गोठ पूजाले द्वारिका आचार्यको पारिवारिक सम्बन्धलाई मजबुत र एकताबद्ध भएर जाने बिश्वास ब्यक्त गर्नुभयो । छुटेर रहेका दाजुभाइहरु गोलबन्द गरि अगाडि बढेमा संगठन बलियो भएर जाने बताउँनुभयो ।
द्वारिका आचार्यका सन्तानहरु अब पारिवारिक हितका साथै रास्ट्रलाई परिवर्तन कसरी गर्न सकिन्छ र समाजलाई रुपान्तरण कसरी गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिइ अगाडि बढनु पर्नेमा आचार्यले जोड दिनुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2024/05/6ed2aa16-3fc7-4467-8a8f-093117884a1f-1024x417.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2024/05/6ed2aa16-3fc7-4467-8a8f-093117884a1f-1024x417.jpg)
गोष्ठादी, महारुद्र, काडब्रह्म, ऐरि , गैंडु , गोसाइ , संसारि ,गोबर्धन र कुकुरको पुजागरि धुपबत्ती गरेर प्रसाद ग्रहण गरि सकेपछि द्वारिका आचार्यको गोठ पूजा सम्पन्न भएको एकता समाजका पुजारी श्रीप्राद आचार्यले बताउँनुभयो ।
उपाध्यक्ष दिपेन्द्र आचार्य ,ध्रुव आचार्य लगायतका वक्ताहरुले द्वारिका आचार्य एकता समाजको संगठनलाई मजबुत बनाइ समाजमा रहेका बिकृति बिसंगतिहरुलाई न्यूनीकरण गर्नका लागी रचनात्मक क्रियाकलापहरु संचालन गरि द्वारिका आचार्य एकता समाजलाई नमूना बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।
आर्थिक प्रतिवेदन कोसाध्यक्ष रामप्रसाद आचार्यले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम संचालन सचीव केशव आचार्यले गर्नु भएको थियो ।
द्वारिका आचार्य एकता समाजका अध्यक्ष चक्रप्रसाद आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)