कोशी प्रदेश समाचार समाज

कुखुरा फर्ममा पंखा जोड्ने क्रममा करेन्ट लागेर शेर्पाको मृत्यु

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

विराटनगर, जेठ ०९ गते । मोरङको बेलबारीमा करेन्ट लागेर ३७ वर्षीय कुखुरा फार्म सञ्चालकको मृत्यु भएको छ । बेलबारी नगरपालिका ९ बैराखुनी स्थितमा करेन्ट लागेर ३७ वर्षीय अनिल शेर्पाको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
मंगलबार बिहान साढे ९ बजे घर नजिकै रहेको कुखुरा फर्ममा पंखा जोड्ने क्रममा अचानक करेन्ट लागेर अनिल घाईते भएका थिए । सख्त घाईते उनको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page