मधेस प्रदेश समाचार समाज

रुपनगरमा माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालक चौधरी गम्भीर घाईते

कञ्चनरूप, १५ जेठ । सप्तरीको कञ्चनरूप नगरपालिका १२ स्थित रूपनगरमा मंगलबार माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाईते भएका छन् ।
र्घटनामा सप्तकोसी नगरपालिका भगनी मलेठका ४५ वर्षिय ध्रुव चौधरी गम्भीर घाइते भएका हुन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ – ००१ ज ०४७६ नम्बरको माइक्रोले सोही दिशातर्फ गइरहेको लु ६ प ९८२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चौधरीको खुट्टा घाटी तथा टाउकोमा गम्भीर चोट लागेको स्थानीयले बताएका छन् ।
घाइतेको स्थानीय एम.डि अस्पताल कन्चनरुप १२ रुपनगरमा प्राथमिक उपचार पछि थप उपचारका लागी गोल्डेन अस्पताल बिराटनगर रेफर गरिएको अस्पतालले जनाएको छ ।
ठक्कर दिने चालक र गाडीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

   

You cannot copy content of this page