बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
मधेस प्रदेश

सप्तरीमा विष सेवन गर्दा ३८ वर्षीया महिलाको मृत्यु

राजविराज, १६ जेठ । सप्तरीमा विषादी सेवन गर्दा एक ३८ वर्षीया महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ३ हरिहरपुरका छोटेलाल रामको ३८ वर्षीया श्रीमती मन्जुदेवी राम रहेकी छन् ।
बुधबार विहान ९ बजे तरकारी बालीमा किरा मार्न घरमा राखिएको विषादी सेवन गरी अचेत भएकी मन्जुदेवीको उपचारको क्रममा मृत्यु भएको हो ।
विष सेवन गरेको थाहा पाउनसाथ राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा तत्कालै उपचारका लागि भर्ना गरिएपनि अवस्था गम्भीर भएपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको थियो । उपचारको लागि विराटनगर लाने क्रममा उनको बाटैमा मृत्यु जनाइएको छ ।
मृतकको शव गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा रहेको तथा कुन विष सेवन गरेको भने खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page