कोशी प्रदेश समाचार समाज

उदयपुरबाट ३ सय किलो गाँजा बरामद

उदयपुर । उदयपुरको बेलका नगरपालिकाबाट सशस्त्र प्रहरीले आइतबार साँझ ३ सय किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा बेलका–८ सिसौलिघाट स्थित सुरक्षा वेश रामपुरबाट खटिएको गस्ती टोलीले सिसौलिघाटको जंगलमा ७ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा ३ सय किलो गाँजा बरामद गरेको हो।
प्रहरीले आइतवार विहान पनि सोही स्थान नजिकै २८० केजी गाँजा बरामद गरेको थियो ।
बरामद गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page