मधेस प्रदेश राजनीति समाचार

मधेशमा जनमतको नेतृत्वमा नयाँ सरकार गठन गर्न ६३ सांसदले प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराउँदै

जनकपुर, जेठ २० गते । मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउन नेकपा (एमाले) सहित ६ दलले प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।
नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले प्रदेश प्रमुख भण्डारीलाई आइतबार बेलुकासम्म ध्यानाकर्षणपत्र बुझाउने तयारी गरेको हो ।
एमाले संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी संसदीय दलका नेता भरतप्रसाद साह, जनमतका संसदीय दलका नेता महेशप्रसाद यादव नयाँ सरकार गठनका लागि सहमति जुटाउन केही दिनदेखि काठमाडौंमा हुनुहुन्छ । लोसपा र नेकपा एस जनमतको नेतृत्वमा आउन सहमत भएपछि उहाँहरू आज जनकपुरधाम फर्किदै हुनुहुन्छ ।
एमाले संसदीय दलका नेता यादवका अनुसार नयाँ सरकार गठनका लागि ६३ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई आजै ध्यानाकर्षणपत्र बुझाइने छ ।
एमाले र माओवादी सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि मधेशमा जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेका छन । अल्पमतमा परेका मुख्यमन्त्री यादवले संवैधानिक व्यवस्था अनुसार जेष्ठ २९ गतेभित्र विश्वासको मत लिनुपर्नेहुन्छ ।

   

You cannot copy content of this page