मधेस प्रदेश राजनीति

जनमतका सतिश सिंह मधेश प्रदेशको तेस्रो मुख्यमन्त्री बन्दै

राजविराज, २४ जेठ । जनमत पार्टीले सप्तरी क्षेत्र नम्बर २ (क) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य सतिश कुमार सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
जनमत पार्टीको बिहिबार बसेको केन्द्रीय सचिवालय बैठकबाट सिंहलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
काठमाडौमा उपलब्ध सचिवालयका साथीहरु बसेर सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको जनमतका प्रवक्ता शरद यादवले जानकारी गराएका छन् ।
मधेशमा जनमतको नेतृत्वमा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीको सहयोगमा सरकार बनाउन लागिएको हो । यी दलहरुले शुक्रवार सरकार निर्माणका लागि प्रदेश प्रमुख समक्ष बहुमत सदस्यको हस्ताक्षर सहित दावी पेश गर्न लागेको जनाइएको छ ।
मधेश प्रदेशमा प्रदेशसभा सदस्य १ सय ७ छन् भने सरकार बनाउन ५४ साँसद आवश्यक पर्छ, तर ती दलहरूसंग ५३ साँसद मात्र छन् । एमाले २४, जनमत १३, माओवादी केन्द्र ९ र नेकपा एस ७ गरी ५३ प्रदेश सभा सदस्य मात्र छन् । ती दलहरूलाई बहुमत पु¥याउन अझै १ जना सासंद आवश्यक पर्छ ।

   

You cannot copy content of this page