समाचार समाज

१४ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा ३४ वर्षीय युवक पक्राउ

राजविराज । सप्तरीमा १४ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा ३४ वर्षीय युवक पक्राउ परेका छन । बालविवाह गरेको आरोपमा सप्तरीको विष्णुपुर गाउँपालिका ५ का ३४ वर्षीय श्यामकुमार यादव जेठ १८ गते पक्राउ परेका हुन ।
नाबालिकालाई ललाई फकाई घरबाट भगाई हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित कंकालिनी मन्दिरमा जेठ १८ गते बालविवाह गरेको र सामाजिक सञ्जाल फेसबुकमार्फत विवाह गरेको भिडिओ समेत राखेपछि थाहा पाई पीडित परिवारका सदस्यहरुले जिल्ला प्रहरी कार्यालयमा सो बारे जानकारी गराएका थिए ।
पीडितकी आमाले दिएको उजुरीका आधारमा प्रहरीले खोजतलास गरी आरोपित र पीडित बालिकालाई नियन्त्रणमा लिई जेठ १८ गते जिल्ला प्रहरी कार्यालय ल्याएको डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।
पीडितकै घरमा ज्याला मजदुरी गर्ने आरोपित विवाहित रहेको पीडित परिवारका सदस्यहरुले जानकारी दिएका छन् । पीडितकी आमाले बालविवाह र बहुविवाहमा कारबाही गर्न जिल्ला प्रहरी कार्यालयसमक्ष माँग गरेकी छन् ।

   

You cannot copy content of this page