कोशी प्रदेश समाचार

प्रहरीद्वारा ६ रोपनी क्षेत्रफलमा लगाइएको ३ हजार २ सय गाँजाका बोट फडानी गरी नष्ट

धनकुटा, २४ साउन । धनकुटामा प्रहरीले अवैध रूपमा लगाइएको गाँजाका बोट तथा बेर्ना फडानी गरी नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहतमा रहेको इलाका प्रहरी कार्यालय छिन्ताङ र प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–१ र २ का विभिन्न स्थानमा लगाइएको गाँजा फडानी गरेको हो ।

प्रहरी टोलीले करिब ६ रोपनी क्षेत्रफलमा लगाइएको ३ हजार २ सय गाँजाका बेर्ना तथा बोटहरू फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

फडानी गरिएका गाँजाका बोट तथा बेर्नालाई सोही स्थानमा जलाएर नष्ट गरिएको प्रहरीले जनाएको छ । अवैध लागूऔषध गाँजाको खेती नियन्त्रण तथा रोकथामका लागि प्रहरीले जिल्लाका विभिन्न स्थानमा निगरानी र कारबाहीलाई निरन्तरता दिँदै आएको छ ।

   

You cannot copy content of this page