कोशी प्रदेश समाचार समाज

नवजात शिशु जन्माई हत्या गरेको आरोपमा आमा पक्राउ

सोलुखुम्बु, २९ जेठ । सोलुखुम्बुमा नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ परेकी छन् । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका २ की २१ वर्षीया कल्पना बिश्वाकर्मालाई नवजात शिशु जन्माई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
गत आइतबार बिश्वाकर्माले साल नाल सहितको बच्चा जन्माई हत्या गरी आफ्नै घर देखी करिव २०० मिटर टाढा रहेको खोल्सीमा लगि पात पत्ङिगरले छोपेकी थिइन् । उक्त जानकारी प्राप्त हुना साथ तत्काल खटिएको प्रहरी टोलीले घटनामा संलग्न बिश्वकर्मालाई नियन्त्रणमा लिएको हो ।
घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

   

You cannot copy content of this page