अर्थतन्त्र कृषि समाचार

फत्तेपुरमा चिस्यान केन्द्रको उद्घाटन

खगेन्द्र कार्की /
फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिकाको वडा नम्बर १ मा नवनिर्मित चिस्यान केन्द्रको उद्घाटन गरिएको छ । त्रियुगा बहुमुखी सहकारीद्वारा नवनिर्मित चिस्यान केन्द्रको उद्घाटन शुक्रबार गरिएको हो ।
त्रियुगा बहुमुखी सहकारीले एक कार्यक्रमका बिच नगर प्रमुख कृष्ण प्रसाद ढकालले रिबन काटेर चिस्यान कोठाको उद्घाटन गर्नु भएको छ । नव निर्मित चिस्यान कोठाको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख ढकालले चिस्यान कोठाको निर्माण अत्यन्तै उपयुक्त ठाउँमा भएको भन्दै त्रियुगा सहकारीको सम्पुर्ण उत्पादन बाहिर लगेर चिस्यान केन्द्रमा राख्नु पर्ने समस्याबाट मुक्त भएको बताउनुभयो ।
सप्तकोसी नगरपालिकाद्वारा विनियोजित ५ लाख र त्रियुगा सहकारीको ५ लाख गरि १० लाखको लागतमा ५ टन क्षमताको चिस्यान कोठा त्रियुगा सहकारीको भवनमा निर्माण गरिएको हो ।
नगरपालिकाको सहयोगमा ५ टन क्षमताको चिस्यान कोठा निर्माण भए पछि सहकारीमा भएको उत्पादन पैसा तिरेर सुनसरीको तरहरामा रहेको चिस्यान केन्द्रमा प्रति केजि ५ का दरले राख्नु पर्ने बाध्यताबाट मुक्त भएको त्रियुगा सहकारीका ब्यबस्थापक दिपक कार्कीले बताउनुभयो । चिस्यान कोठा निर्माण भए पछि सहकारीको उत्पादन नौनि घ्यु, पनिर,दुध दहि, महि कृम लगायत का सामान लामो समय सम्म सुरक्षित राख्न सकिने कार्कीले बताउनु भयो ।
उद्घाटन कार्यक्रममा सप्तकोसी नगरपालिकाकी उप प्रमुख रिताकुमारी चौधरी , वडा नम्बर १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेल, वडा नम्बर २ का वडा अध्यक्ष जाहिर हुसेन, वडा नम्बर ३ का वडा अध्यक्ष , वडा नम्बर ४ का वडा अध्यक्ष जयराम खङ, वडा नम्बर ५ का वडा अध्यक्ष गोसाइ चौधरी, त्रियुगा सहकारीका निबर्तमान संचालक समिति अध्यक्ष शम्भुबहादुर खडका लगायतको उपस्थिति रहेको थियो ।

   

You cannot copy content of this page