शिक्षा समाचार

सुनाखरी बोर्डिङ्गद्वारा राष्ट्रिय बाल दिवसको अवसरमा विविध साँस्कृतिक कार्यक्रमको आयोजना

कञ्चनरूप , २९ भदौ । ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा सप्तरीको कञ्चनरूप नगरपालिका वडा न.१२ रुपनगरमा रहेको सुनाखरी इङ्गलिस बोर्डिङ स्कुल दौलतपुरले शनिबार विभिन्न कार्यक्रम सहित बाल दिवस मनाएको छ ।
बालबालिकामा लगानी ,सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ विद्यालय परिवार र अभिभावक साथै अन्य बुद्धिजीवीहरूको उपस्थितिमा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम सहित दिवस सम्पन्न गरिएको थियो।
कार्यक्रममा विभिन्न विधामा प्रथम, दोस्रो, तेस्रो हुनेहरूलाई संयुक्त रूपमा कार्यक्रमका प्रमुख अतिथि कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ता तथा विशिष्ट अतिथि शिक्षा प्रेमी शम्भु प्रसाद घिमिरेले पुरस्कार वितरण गर्नुभएको थियो । 
कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले गुणस्तरिय शिक्षा आजको आवश्यकता भएकोले गुणस्तरिय शिक्षाको सबैले आ आफ्नो क्षेत्र बाट योगदान पुर्याउनु पर्ने बताउनुभयो ।
यसका लागि नगरपालिकाको तर्फबाट सहयोग रहने र अझ शिक्षा क्षेत्रलाई राम्रो बनाउन आफुले सक्दो पहल गर्ने बताउनुभयो ।
नगर प्रमुख गुप्ताले विद्यार्थीहरुको चौतर्फी विकासलागि  पढाईका अतिरित्त विविध कार्यक्रम हुन आवश्यक रहेको बताउनुभयो । यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने र विधार्थीहरूको क्षमता अभिवृद्धि हुने” भन्नु भयो ।
शिक्षाप्रेमी तथा पूर्व प्रधानाध्यापक शम्भु प्रसाद उपाध्याय घिमिरेले अहिले शिक्षाको गुणस्तर खस्किदै गएकोमा चिन्ता ब्यक्त गर्दै शिक्षा क्षेत्रको सुधारको लागि शिक्षक , विद्यार्थी र अभिभावक गम्भीर हुनु पर्नेमा जोड दिनुभयो ।
अहिले मोबाइलको लतमा लागेर विद्यार्थीको पढनु पर्छ भन्ने सोचमा कमि हुँदै आएको बताउनुभयो । मोबाइल को लतले विद्यार्थीको भविष्य अँध्यारोमा पुग्ने भएकाले मोबाइलको लत छुटाउन सबै गम्भीर भएर लाग्नु पर्ने बताउनुभयो ।
उक्त अवसरमा विद्यार्थी,अभिभावक,शिक्षक तथा शिक्षिकाहरूबाट बाल अधिकारको बारेमा,बालबालिकाको अनुशासन,शिक्षा क्षेत्रमा राज्यको नीति,अभिभावकको कर्तव्य लगायतका विषयहरूलाई समेटेर बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक पुष्प बहादुर कार्कीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेकोले उक्त सन्धिको आधारमा बाल दिवस मनाउँदै आएको छ ।
यस विद्यालयले पनि आफ्नो स्थापनाकाल देखि हरेक वर्ष बालबालिकाको अधिकारका लागि विशेष गरी यो दिवसको आयोजना गरेको विद्यालयका सञ्चालक प्रमोद कटुवालले जानकारी दिनुभयो ।
आगामी दिनमा अझै भव्य र रचनात्मक क्रियाकलाप गर्दै मनाउने तथा विद्यार्थीको चौतर्फी क्षेत्रमा विकास गर्न विद्यालयले कन्जुस्याइँ नगर्ने कटुवालको भनाइ छ ।
कार्यक्रममा कञ्चनरूप नगरपालिकाकी कार्यपालिका सदस्य तथा वडा नम्बर १२ की वडा सदस्य सीता पौडेल , वडा सदस्य जलपा विश्वकर्मा , समाजसेवी मञ्जु कार्की , विद्यालयका शिक्षक शिक्षिका, समाजसेवी बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो । 
कार्यक्रमको सञ्चालन शिक्षक रमेश प्रसाद तिमल्सेनाले गर्नुभएको थियो भने विद्यालयका संस्थापक प्रमोद कटुवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

   

You cannot copy content of this page