समाचार

दाङमा चट्याङ लागेर ३ वर्षीय बालकको मृत्यु

दाङ,९ असोज । दाङमा चट्याङ लागेर एक जना बालकको मृत्यु भएको छ । त्यसैगरी दुई जना घाइते भएका छन् । 
चट्याङ लागेर गम्भीर घाइते भएका घोराही उपमहानगरपालिका–११ खुङ्कोट निवासी तीन वर्षीय बालक समिर साहुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 
प्रहरीका अनुसार बालकको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बुधवार विहान मृत्यु भएको हो । 
चट्याङ्बाट मृतक समिरको आमा ४२ बर्षीय निमकली साहु र ६ बर्षीया दिदी सविना साहु घाइते भएका छन् ।
उनीहरुको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 
प्रहरीका अनुसार मंगलवार दिउँसो ३ बजेतिर घरमा चट्याङ लाग्दा उनीहरु घाइते भएका थिए ।

   

You cannot copy content of this page