समाचार

सप्तकोशी-३ त्रियुगा नदी छेउमा एक जना पुरुषको शव फेला

कञ्चनरूप, १३ असोज । सप्तरीको सप्तकोशी नगरपालिका ३ सखुबनीमा एक जना पुरुषको शव भेटिएको छ ।
आइतबार बिहान त्रियुगा नदी छेउमा अन्दाजी ६०-६५ वर्षीय पुरुषको शव फेला परेको हो । शवको पहिचान भने खुलेको छैन ।
त्रियुगा नदीले बगाएर उक्त पुरुषलाई ल्याएको हुन सक्ने वडा नम्बर ३ का वडा सदस्य रमेश थापाले बताउनुभयो ।
केही दिनदेखि परेको अविरल वर्षाले त्रियुगा नदीले शव बगाएर ल्याएको हुनसक्ने प्रहरीको आशङ्का छ ।

   

You cannot copy content of this page