कोशी प्रदेश समाचार समाज

ताप्लेजुङको मिक्वाखोलाबाट पेस्तोल सहित २० वर्षीय युवक पक्राउ

ताप्लेजुङ, १८ असोज । ताप्लेजुङको मिक्वाखोलाबाट पेस्तोल सहित २० वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिक्वाखोला-२ का २० वर्षीय उदय पन्थ रहेको प्रहरीले जनाएको छ ।
असोज १६ गते राती ९ बजे बिशेष सुचानाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले उदयको घर कोठा खानतलासी गर्दा सिरानी मुनी लुकाई छिपाई राखेको अवस्थामा १ थान अटोमेटिक पस्तोल बरामद गरेको हो ।
पेस्तोल सहित पक्राउ परेका उनको थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

   

You cannot copy content of this page