मधेस प्रदेश समाचार

सप्तरीको राजविराजमा कामदारलाई जबर्जस्ती करणी गरेको आरोपमा रेष्टुरेन्ट मालिक पक्राउ

राजविराज, ७ कात्तिक । सप्तरीको राजविराजमा आफ्नै रेष्टुरेन्टमा काम गर्ने एक युवतीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा मालिक पक्राउ परेका छन् । 
 राजविराज नगरपालिका वडा नं०६ थानगाछी निवासी २८ वर्षीय आकाश आदर्शलाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 
आरोपी आकाश, जो राजविराज नगरपालिका वडा नं ०४ स्थित तन्दुरी रेष्टुरेन्टका संचालक उमेश प्रसाद साह हलुवाईका छोरा हुन् । 
२०८१ असोज २१ गते रेष्टुरेन्टमा कामकाज गर्ने परिवर्तित नाम जिल्ला  राजबिराज १५ (अ) पीडित महिलाले दिएको उजुरीको आधारमा आदर्शलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 
बयान अनुसार, उनले सन्चो नभएको कारण कोठामा आराम गर्ने बताएपछि, रातको ९ बजे आरोपी आकाशले जबरजस्ती कोठामा पसेर मुख थुन्ने र यौन दुर्व्यवहार गर्ने प्रयास गरेको आरोप लागेको छ । आरोपीले मोबाइलमा भिडियो खिचेर धम्की दिँदै उक्त भिडियो सामाजिक सञ्जालमा फैलाउने चेतावनी दिएको पीडित महिलाको आरोप छ ।
आकाश आदर्शले  मेरो मुख हातले थुनी विभिन्न किसिमको धाक धम्की दिएको साथै जबर्जस्ती कपडा खोली करणीको प्रयास गरेको पीडित महिलाले उजुरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटनाको जानकारी पाउँदा जिल्ला प्रहरी कार्यालय सप्तरीले तत्त्कालै प्रहरी टोली खटाएर आरोपीलाई नियन्त्रणमा लिएको हो। हाल, आकाश आदर्शलाई म्याद थप गरी प्रहरी अनुसन्धान जारी रहेको बताइएको छ।
आकाश आदर्शलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको सप्तरी प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page