कञ्चनरूप, १३ कार्तिक । आज धनतेरस मनाइँदै छ । आयुर्वेदका प्रवर्तक मानिने धनवन्तरी र धनका देवता कुवेको जन्मोत्सव र तिहारको सन्दर्भ पारेर धनतेरस मनाउने चलन छ ।
यसदिन नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रही आएको छ । कञ्चनरूपमा बिहानैदेखि पूजा तथा अन्य सामग्री खरिद गर्नेको भिड देखिन्छ ।
गुदरीसहितका बजारमा चहल पहल छ । गहना, भाँडाकुँडा, रंग, बत्ती र फलफूल पसलमा उपभोक्ताको घुइँचो लागेको छ ।
धनवन्तरीको प्रादुर्भाव समुद्र मन्थनबाट भएको हो र उनले हातमा अमृतले भरिएको कलश लिएर आएको विश्वास गरिन्छ ।