काठमाडौं । आजदेखि धरहरा चढ्न शुल्क तिर्नुपर्ने भएको छ। धरहरा चढ्न प्रतिब्यक्ति २ सय रुपैयाँ शुल्क लाग्ने भएको हो।
गत बिहिबार बसेको मन्त्रिपरिषद बैठकले सशुल्क रुपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएसँगै २ सय रुपैयाँ तिरेर चढ्नु पर्ने भएको हो।
विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म हाललाई शहरी विकास भवन निर्माण तथा आवास विभागको प्रस्तावमा सर्वसाधारणका लागि २०० रुपैयाँ शुल्क लिई धरहरा सञ्चालन गर्न स्वीकृत दिइएको छ ।
सोही अनुसार सार्क मुलुकलाई ५००, सार्क मुलुकबाहेक अन्य मुलुकका नागरिकलाई १ हजार तोकिएको छ।
यस्तै शहरी विकास भवन निर्माण तथा आवास विभागले धरहरा परिसर प्रवेश शुल्क ५० रुपैयाँ तोकेको छ। यस्तै चार पाङग्रे सवारी साधनको लागि २० रुपैयाँ र दुई पांग्रेको लागि १० रुपैयाँ पार्किङ शुल्क लाग्ने भएको छ।
भुकम्पपछि निर्माण गरिएको धरहरा असोज ३ गते संविधान दिवसको दिनबाट खुला गरिएको थियो।