कञ्चनरूप , १० मंसिर । सप्तरीको कञ्चनरूप १२ रुपनगरमा दुई दिने निशुल्क आँखा शिविर शुरु भएको छ ।
सोमबार तिलगंगा कञ्चनरुप सर्जिकल आँखा केम्द्र रुपनगर , तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौं , कञ्चनरुप नगरपालिका र कृति सामुदायिक स्वास्थ उपचार केन्द्र रुपनगरको आयोजनामा शिविरको उद्घाटन भएको हो ।
शिविरको उद्घाटन गर्दै कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले आँखा जस्तो संबेदनसिल अंगको निशुल्क रुपमा शल्यक्रिया गरेर मोतिबिन्दुको उपचार हुनु गरिब दुखीका लागि उपलब्धि मुलक रहेको बताउनुभयो । मानव जिवनसंग जाेडिएको स्वास्थको सवालमा आफ्नो तर्फबाट साथ र सहयोग रहि रहने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।
उप-प्रमुख मुनाकुमारी पोखरेलले गाउँ घर जस्तो पिछडिएको क्षेत्रमा आएर तिलगंगाले निशुल्क रुपमा स्वास्थ शिविर चलाउनु यस ठाँउको लागि उपलब्धि मुलक रहेको बताउनुभयो । उहाँले आँखाको शल्यक्रिया गरेका बिरामिहरुलाई खिचडि खुवाउने प्रतिबद्धता समेत जनाउनु भयो ।
कञ्चनरुप नगरपालिकाका पुर्व नगर प्रमुख बसन्त कुमार मिश्रले आफू नगर प्रमुख भएकै सालदेखि निशुल्क रुपमा आँखाको स्वास्थ शिविर संचालन हुँदै आएको स्मरण गराउँदै यस शिविरमा हालसम्म भारत , सुनसरी ,उदयपुर ,सिराहा देखि आएर निशुल्क रुपमा मोतिबिन्दुको शल्यक्रिया मार्फत गरिब दुखिको उपचार भएकोमा खुशी ब्यक्त गर्दै तिलगंगा लाई धन्यवाद समेत दिनुभयो। यस्ता रचनात्मक कार्यमा आफ्नो तर्फबाट सधै साथ र सहयोग रहने समेत बताउनुभयो ।
मोतिबिन्दुको शल्यक्रिया गरेका बिरामी शारदा देवी उपाध्यायले हाम्रो जस्तो गाउँ घरमा आएर तिलगंगाले निशुल्क रुपमा मोतिबिन्दुको शल्यक्रिया गरेर उपचार हुनु हाम्रो लागि बरदान बाहेक अरु के नै हुन्छ र उहाँकोले भन्नुभयो ।
हामी गरिब दुखी संग भनेको बेलामा पैसा हुदैन भएपनी टाढा गएर उपचार गर्न समस्या हुन्थ्यो तर आफ्नै ठाउँमा निशुल्क रुपमा मोतिबिन्दुको उपचार गर्न पाउँदा खुशी व्यक्त गर्नुहुन्छ सुशीला पोखरेल ।
आज शिविरको पहिलो दिन १ सय ६३ जनाको शल्यक्रियाद्वारा मोतिबिन्दुको बिरामिहरुको उपचार भएको तिलगंगा कञ्चनरुप सर्जिकल रुपनगरका अनिल साउद्ले बताउनुभयो ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंबाट आउनुभएको डाक्टर श्याम ब्यासको नेतृत्वमा आएको टोलिले आँखाका बिरामिहरुको उपचार गर्नुभएको छ ।
कृति सामुदायिक स्वास्थ उपचार केन्द्र रुपनगरका अध्यक्ष अमर श्रेष्ठको अध्यक्षतामा शिविरको उद्घाटन भएको थियो भने कार्यक्रम संचालन संचारकर्मी उत्तम आचार्यले गर्नुभएको थियो ।