बुधबार, १२ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १२ कात्तिक २०८३
कोशी प्रदेश

करेन्ट लागेर ३५ वर्षीया महिलाको मृत्यु

विराटनगर, २४ मंसिर । मोरङमा करेन्ट लागेर ३५ वर्षीया महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवर्षी नगरपालिका-४ चैता की ३५ वर्षीया रेखा देवी सिंह रहेको मोरङ प्रहरीले जनाएको छ । 
आइतबार साँझ घरमा लगाएको टिनको जस्ता निकाल्ने क्रममा अचानक करेन्ट लागेर रेखा घाईते भएकी थिइन् । उनलाई रंगेली अस्पताल पुर्‍याउन साथ डाक्टरले मृत घोषित गरेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । 
घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page