बुधबार, १२ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १२ कात्तिक २०८३
कोशी प्रदेश

स्रोत नखुलेको ४७ लाखबढी रकमसहित एक महिला पक्राउ

विराटनगर, मंसिर २६ गते । मोरङ प्रहरीले रंगेली नगरपालिका-८ स्थितबाट स्रोत नखुलेको रकम सहित एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रंगेली नगरपालिका-८ दर्वेशा की ६५ वर्षीया ज्योति देवी अग्रवाल रहेको प्रहरीले जनाएको छ ।
मंगलबार अग्रवालले घरमा अवैध रकम राखेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनको घर कोठा खानतलासी गर्दा टिनको बाकसमा राखेको स्रोत नखुलेको १ हजार र ५०० दरका  नेपाली रुपैंया ४७ लाख ४९ हजार बरामद गरेको हो ।
 उक्त रकम वरामद भए संगै घर धनी अग्रवाल समेतलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page