कञ्चनरूप । नेपाल पत्रकार महासङ्घ सप्तरीको अध्यक्षमा श्रवण कुमार देव विजयी भएका छन् । देवले ४५ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी वैधनाथ यादवले ३७ मत प्राप्त गरेका निर्वाचन समितिका निर्वाचन अधिकृत वैद्यनाथ झाले जानकारी दिनुभयो । यादवलाई ८ मतले पराजित गर्दै देव अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
साथै उपाध्यक्ष खुलामा अनिल पोखरेल र रामनारायण विश्वासले ४२ मत ल्याएर बराबरी हुनुभएको छ । उपाध्यक्ष महिलातर्फ सुधा देवले ५३ मत ल्याएर विजयी भइन् । सचिवमा खगेन्द्र कार्की ४९ मत ल्याई निर्वाचित भएका छन् । सह–सचिव खुलामा कृष्ण मण्डलले ४९ मत प्राप्त गरी विजयी हुँदा सह–सचिव समावेशीमा डम्बर राई ४४ मत ल्याई निर्वाचित भएका छन् ।
साथै कोषाध्यक्षमा नविन गुप्ता ४९ मत ल्याएर विजयी भएका छन् ।
त्यसैगरी सदस्यहरुमा पनि पुरै प्यानलनै विजयी भएको छ ।
यसैगरी खुल्ला सदस्यहरुमा रामनारायण यादव,नर्मदेव यादव, उत्तम आचार्य, शिव आचार्य निर्वाचित भएका छन् ।
रामनारायणले ४८ मत, नर्मदेवले ४६ मत, उत्तमले ४६ मत, शिवले ४३ मत, धर्मपाल राउतले ३५ मत,राजेन्द्र मिश्रले ३० मत, गंगा साह २९ मत र विन्दु यादवले २७ मत प्राप्त गरे । सदस्य अन्यमा परिष कुमार कर्णले ५१ मत प्राप्त गरि विजयी भएभनेउनका निकटतम प्रतिद्वन्दी भूषण कुमार सिंहले ३२ मत प्राप्त गरे ।
यसैगरी प्रदेश परिषद सदस्यमा अरुण तिवारी ५७ मत, गणेशलाल देव ५३ मत,पवन मिश्र ५३ नरेश चौधरी ५०, शैलेन्द्र झा ५२ मत , लोकेन्द्र यादव ४२ मत, आनन्दमोहन शर्मा,२९ मत, भुपेन्द्र मण्डल ३०, महेन्द्र मण्डल बनवारीले २६ मत प्राप्त गरेका छन् ।
यसैगरी राष्ट्रिय परिषद सदस्यमा मनोज कुमार माझी ४८ मत,सतिष दत्त ४५ मत प्राप्त गरि विजयी भएका छन् भने उनीहरूका निकटतम प्रतिद्वन्दी सुमन मिश्र ३१, देवराम यादवले ३१ मत ल्याएका छन् ।
यसअघि बृजमान तामाङ, किशोर कुमार पासवान र रक्षा चौधरी सदस्यमा निर्विरोध चयन भएका छन् भने राष्ट्रिय परिषद सदस्यमा ढमला भट्टराई चयन भएकी छिन् ।