बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

बिरामी बोकेको बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं। बुटवलस्थित तिनाउ पुलनजिकै बोलेरो जिप दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा बुटवल–१२ नयाँ गाउँका ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिपका चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार शुक्रबार राति लु ३ च २४८० नम्बरको बोलेरो जिप तिनाउ पुल नजिकै दुर्घटना भएको हो।
दम रोगी गौरी खनाललाई उपचारका लागि घरबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page