मधेस प्रदेश राजनीति

सप्तरीमा मलखादको कालाबजारी विरूद्ध जनमत पार्टीको प्रदर्शन

कञ्चनरूप, ४ पुस । सप्तरीको सदरमुकाम राजविराजमा मलखादको कालाबजारी विरूद्ध जनमत पार्टीले बिहीबार प्रदर्शन गरेको छ । 
कृषि औजारसहित राजविराजमा खाद डिलरको कालाबजारी विरुद्ध विरोध प्रदर्शन गरेको हो । 
मलखाद डिलरको कालाबजारी बन्द गर, पर्याप्त मलखाद किन्न देउ, मलखाद वितरणमा विभेद अन्त गर, किसानहरुको मलखाद समस्या समाधान गर, कालाबजारी गर्ने डिलरलाई कारबाही गर लगायतका नारा लगाउँदै राजविराज नगरको विभिन्न भाग परिक्रमा गरेका थिए । 
र्‍यालीमा जनमत पार्टी मधेस प्रदेश समितिका संसदीय दलका नेता महेश प्रसाद यादव, पार्टीका जिल्ला इन्चार्ज रामगमन साह, हनुमान नगरकंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र कुमार माझी, बलानविहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव लगायतका जनमत पार्टीका नेताकार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

   

You cannot copy content of this page