बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
मधेस प्रदेश

सप्तरीको खडकबाट लागूऔषध सहित दुई युवक पक्राउ

कञ्चनरूप, ८ पुस । सप्तरी प्रहरीले लागूऔषध सहित सोमबार दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको खड्क नगरपालिका -१ का २५ वर्षिय पारस कुमार मण्डल र सोही ठाउँका २२ वर्षिय रविन कुमार साह रहेको सप्तरी प्रहरीले जनाएको छ ।
खड्क नगरपालिका -१ सिस्वा स्थित प्रहरी चौकी सिस्वा बेल्हीबाट खटिएको प्रहरीको टोलीले सास्वरबाट धनगढी तर्फ आउँदै गरेको १-०२-०४० प ७३६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रवक्ता  एवम् सूचना अधिकारी डिएसपी जितेन्द्र कुमार बस्नेतले बताउनुभयो ।
उनीहरूको साथबाट ब्रप्रेनाँफिन इन्जेक्सन आइपि २ एमएलको ४५ पिस, फेनेर्गैन इन्जेक्सन आइपि २ एमएल ४४ पिस तथा डाइजेपाम इन्जेक्सन आइपि २ एमएल ४५ पिस गरि १ सय ३४ पिस लागू औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रक्राउ परेका दुवै जनालाई सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रवक्ता डिएसपी बस्नेतले जानकारी दिनुभयो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page