समाचार

भोलि कञ्चनरूप नगरभरिका सम्पूर्ण विद्यालयहरुमा शोक विदा

कञ्चनरूप, ४ पुस । सप्तरीको कञ्चनरूप नगरपालिकाले नगरभरिका सम्पूर्ण विद्यालयहरुमा भोलि शुक्रबार शोक विदा दिएको छ । 
नगरपालिकाले बिहीबार एक सूचना जारी गरी कञ्चनरूप नगरपालिकाक- ८ स्थित श्री सर्वोदय माध्यमिक विद्यालय, कंचनपुरका पूर्व प्रधानाध्यापक तथा हाल कञ्चनरूप नगरपालिकाको विद्यालय अनुगमन समितिको (विज्ञ समुह) सदस्य पूर्ण प्रसाद भट्टराईको निधनको शोकमा बिदा दिएको हो । 
प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काद्वारा जारी सूचनामा भनिएको छ, मिति २०८१।०९।०४ गते भट्टराईको बिहिबारका दिन असामयिक निधन भएको हुँदा उहाँको आत्माको चिर शान्तिको कामना गर्दै नगर प्रमुखको आदेशानुसार निजको स्मरणमा उहाँले शैक्षिक क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै यस नगरभरिका सम्पूर्ण विद्यालयहरु मिति २०८९१।०९।०५ गते शुक्रबारका दिन शोक विदा दिईएको व्यहोरा सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ ।
सूचनामा शोकसन्तप्त परिवारजनमा ईश्वरले धैर्यधारण गर्न सक्ने क्षमता प्रदान गरुन् भनी हार्दिक संवेदना समेत व्यक्त गरिएको छ ।

   

You cannot copy content of this page