बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
कोशी प्रदेश

सुनसरीमा करेन्ट लागेर बुबाको मृत्यु छोरा घाईते

सुनसरी, ३ पुस । सुनसरीमा करेन्ट लागेर बुबाको मृत्यु भएको छ भने छोरा घाईते भएका छन् ।
सुनसरीको देवानगंज गाउँपालिका-३ का ३५ बर्षीय राजा मेहताको करेन्ट लागेर मृत्यु भएको छ भने निजकै १५ बर्षीय छोरा करण मेहता घाईते भएका हुन् ।
मंगलबार दिउँसो आफ्नै खेतमा मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका राजा मेहताको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता करण मेहताको न्युरो अस्पतालमा बिराटनगरमा उपचार भईरहेको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाइएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page