समाचार

रूपनगर क्याम्पसका विद्यार्थीहरुले फोहर प्लाष्टिक सङ्कलन गरि बनाए ‘इको-ब्रिक’ 

कञ्चनरूप, १९ पुस । तपाईं हामीलाई सुन्दा अचम्म लाग्न सक्छ तर सत्य हो । सप्तरीको रूपनगर क्याम्पस र विद्यार्थीहरूको समूह ‘रूपनगर युथ स्क्वाड’ ले प्लाष्टिक प्रदूषण विरूद्ध वृहत्त र्याली गरी फोहर प्लाष्टिक सङ्कलन गरेर इको बृक बनाएका छन् ।
वातावरण र स्वास्थ्यलाई हानी पुर्याउने जथाभावी फालिएका प्लाष्टिक फोहर नियन्त्रण गर्ने अभियान अन्तर्गत केही हप्ता अगाडी रूनगर चोक क्षेत्रबाट प्लाष्टिक फोहर सङ्कलन गरिएको थियो ।
रूपनगर नन्दराज संग्रौला क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलको अगुवाइमा सञ्चालन गरिएको प्लाष्टिक प्रदूषण विरूद्धको अभियानमा क्याम्पस सञ्चालक समितिका सदस्य तथा समाजसेवी सुरज पोखरेल, कञ्चनरूप नगरपालिका वडा नम्बर १२ का वडा सदस्य जैनुद्दिन मियाँ, नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य कमरूद्दिन अली, आरडी मेमोरियल एकेडेमीका प्रिन्सिपन प्रकाश दास, क्याम्पसका शिक्षकद्वय पेशल जोशी र श्रवण चौधरी, रूपनगर क्याम्पस र आरडी एकेडेमीका विद्यार्थी, जनप्रतिनिधि, समाजसेवी, राजनीतिज्ञ, पत्रकार तथा स्थानीयहरू समेतको उत्साहजनक सहभागिमतामा प्लास्टिकहरु संकलन गरिएको थियो ।
रूपनगर क्याम्पसका केही जागरूक विद्यार्थीहरूको समूह ‘रूपनगर युथ स्क्वाड’ को व्यानरमा आयोजित सो अभियानमा सङ्कलित प्लाष्टिक फोहरबाट ‘इको-ब्रिक’ बनाइएको रूपनगर युथ स्क्वाड’ का संयोजक आफताब अलीले जानकारी दिनुभयो । संयोजक अलीका अनुसार ‘प्लाष्टिक फोहरलाई प्लाष्टिककै बोतलमा भरेर, खाँदेर बनाइएको ‘इको-ब्रिक’ बाट सार्वजनिक कृति सामुदायिक स्वास्थ  उपचार  केन्द्रको  प्राङ्गणमा बस्ने ब्रेन्च, बनाएको  हो ।
आफताब अलीले दिएको जानकारी अनुसार ‘प्लाष्टिक प्रदूषण विरूद्ध जुटौँ’ भन्ने नारा रहेको यो अभियानका लागि पुरक एशिया नामक संस्थाले समेत सहयोग गरेको छ । ‘प्लाष्टिक प्रदूषण विरूद्धको यो अभियान आज एक दिनका लागि मात्र होइन, यसलाई हामी निरन्तर जारी राख्ने छौँ,’ अली भन्छन्।
प्लाष्टिक फोहर बटुलेर इको ब्रिक बनाइ सार्वजनिक विश्राम स्थल, फूलबारी सजावट जस्ता उपयोगी काममा प्रयोग गरिने यो अभियानले प्लाष्टिक प्रदूषण नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास क्याम्पस प्रमुख प्राध्यापक गजुरेलले लिनु भएको छ ।
स्वच्छ, स्वस्थ्य र हरियो भविष्यको यो अभियानमा सहभागी हुन र सहयोग गर्न चाहने वातावरण प्रेमीहरूले रूपनगर क्याम्पसमा सम्पर्क गर्न सकिने प्राध्यापक गजुरेलले जानकारी दिनुभयो ।
बनाएको बेंचलाई रंगरोगन गरि राम्रोसँग सिंगारेर उद्घाटन गरि कृति सामुदायिक स्वास्थ उपचार केन्द्रलाई हस्तान्तरण गरिने संयोजक अलिले बताउनुभएको छ ।

   

You cannot copy content of this page