बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
खेलकुद

जयकुमारको जोडीले हात पारे चौथो रुपनगर क्यारामबोर्ड प्रतियोगिताको उपाधि 

कञ्चनरूप ,२० पुस । रुपनगर चोक बजार ब्यवस्थापन समिति कञ्चनरुप-१२ रुपनगरको आयोजनामा शनिबार चौथो क्यारामबोर्ड प्रतियोगिता सम्पन्न भएको छ । जयकुमार यादव र बिजय मरिकको जोडीले चौथो रुपनगर क्यारामबोर्ड प्रतियोगिताको उपाधि हात पारेको छ ।
१६ जना खेलाडीहरु सहभागी प्रतियोगितामा उपेन्द्र यादव  र मो . साजितको जोडी दोस्रो र शेराज खा र मो . कसिरको जोडी तेस्रो भएका छन् ।
बिजयी हुने प्रथमलाई रु . ४ हजार  ५ सय दोस्रो हुनेलाइ रु . ३ हजार ५ सय र तेस्रो हुनेलाइ रु . ३ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
१२ नम्बर वडाका वडा अध्यक्ष देवी बहादुर खत्रीले क्यारामबोर्ड खेलेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।
खत्रीले खेलाडीहरुको मनोबल बढाउन खेलकुदमा लगानी गरि खेल क्षेत्रको राम्रो बिकास हुन जरुरी रहेको बताए ।
रितेश दासद्वारा संचालित कार्यक्रमको अध्यक्षता बजार ब्यवस्थापन समितिका अध्यक्ष भोला यादवले गरेका थिए ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page