विराटनगर, १० माघ । अत्यधिक चिसोका कारण सुनसरीको इटहरी उपमहानगरपालिका भित्रका विद्यालयहरू दुई दिन बिदा दिइएको छ । चिसो बढेपछि उपमहानगरपालिका अन्तर्गत सामुदायिक, धार्मिक तथा निजी विद्यालयहरु दुई दिन बन्द गरिने भएको हो ।
केही दिनयता चिसो र शीतलहर बढेपछि माघ १० र ११ गतेका लागि विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख रमेश साहले जानकारी दिनुभयो ।
मौसम प्रतिकूल भई शीतलहर तथा अत्यधिक चिसोका कारण विद्यालयमा पठनपाठन गर्न गाह्रो भएकाले बिहीबार र शुक्रबार बिदा दिने निर्णय भएको साहले बताउनुभयो ।



