समाचार समाज

मिनी ट्रकको ठक्करबाट कैलालीमा ५ वर्षीय बालकको मृत्यु

कैलाली, ३० भदौ । कैलालीको गौरीगंगा नगरपालिका–२ झिलस्थित पूर्व–पश्चिम राजमार्गमा मिनी ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ।

मंगलबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से १ क १३५२ नम्बरको मिनी ट्रकले पैदल हिँडिरहेका गौरीगंगा नगरपालिका–२ निवासी भरत देउवाका ५ वर्षीय छोरा लेखराज देउवालाई ठक्कर दिएको हो।

मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लेखराजको टाउको र छातीमा चोट लागेको थियो। उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहान ९:२० बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले मिनी ट्रकका चालक कैलालीको लम्कीचुहा नगरपालिका–२ बस्ने २९ वर्षीय सुनिल चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You cannot copy content of this page