समाचार

८ वर्षीय नाबालिका बलात्कारको आरोपमा एक पक्राउ 

काठमाडौं । नाबालिका बलात्कारको आरोपमा मकवानपुर प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । हेटौंडा-९ मा भएको घटनामा आठ वर्षकी नाबालिका बलात्कारको आरोपमा एक जना पूर्व शिक्षकलाई पक्राउ गरिएको हो ।
नावालिकाको परिवारले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले अन्दाजी ५० वर्षका पुरुषलाई नियन्त्रणमा लिएको हो । 
घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

   

You cannot copy content of this page