कञ्चनरूप, २६ माघ । सप्तरी प्रहरीले आज बिहान ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।
अाज बिहान जिल्लाको बाेदेबर्साइन नगरपालिका ३ स्थितबाट ७ सय २६ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
उक्त स्थानबाट प्रहरीले प्र-१-०२-००३च५८३४ नम्बरको एउटा स्करपियाे गाडी समेत बरामद गरेको छ ।
स्कारपियोभित्र ३० वटा प्लास्टिकको बोरामा प्याक गरिएको उक्त गाँजा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला सप्तरी बोदेबर्साईन न.पा वडा नं. ३ हुलाकी राजमार्ग बिहुल पुल भन्दा १०० मिटर पूर्व स्थित चन्हीबाट बोदेवर्साईन तर्फ आउने हुलाकी सडक खण्डमा गाजा बोकेको २ वटा गाडी रोकेर गाँजा झारी रहेको अवस्थामा प्रहरी चौकी मौवाहा सप्तरीबाट प्रहरी सहाय निरीक्षक हेमन्त कुमार तामाङको कमाण्डमा खटिएको प्रहरी गस्ति टोलीलाई देख्नासाथ दुई वटा गाडी मध्ये एउटा नम्वर नखुलेको स्कार्पियो गाडी भागेको र अर्को प्र.१-०२-००२ च ५८३४ न. को स्कार्पियो गाडीको चालक गाडी र गाँजा उक्त स्थानमा छाडी फरार फरार भएको प्रहरीले जनाएको छ ।
फरार स्कार्पियो चालकको खीजी कार्य भईरहेको र बरामद गाँजा र स्कार्पियो गाडीको आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट थप अनुसन्धान तथा आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रहरी उपरीक्षक खतिवडाले जानकारी दिनुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)