राजविराज । सप्तरीमा लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ का २० वर्षीय प्रकाश चौधरी रहेको सप्तरी प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट प्रहरी सहायक निरीक्षक दिपेन्द्र पासवान नेतृत्वमा खटिएको टोलीले बोदेबर्साइन नगरपालिका वडा नम्बर १० बाट चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पैदल यात्री चौधरीको शरीर खानतलासी गर्दा उनको गोजीबाट लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चौधरीको साथबाट नाइट्राजेपाम ट्याव्लेट्स ७० पीस, स्पास्मो प्रोजिक्सन प्लस ट्याब्लेट्स १२ पिस,ओसकल ट्याब्लेट्स ५ पीस गरि ८७ पिस र डाइलेक्स डिसी प्लस १०० एमएल २ बोतल बरामद भएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो । चौधरीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।
सप्तरीको बोदेबर्साइनबाट लागूऔषध सहित २० वर्षीय चौधरी पक्राउ
२५ माघ २०८१, शुक्रबार ०९:३९
133 Views
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
समाचार • समाज
सप्तरीमा महिलामाथि जबरजस्ती करणीको प्रयास गर्ने २१ वर्षका युवक पक्राउ
२ आश्विन २०८३, शुक्रबार १६:२०
कोशी प्रदेश • समाचार • समाज
इटहरीमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु
२८ भाद्र २०८३, आईतवार १८:५६
Recent Posts
- कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ
- सप्तरीमा महिलामाथि जबरजस्ती करणीको प्रयास गर्ने २१ वर्षका युवक पक्राउ
- डिल्लीबजारका नापी अधिकृत ९ लाख घुस रकमसहित पक्राउ
- राजविराजमा कृष्ण जन्माष्टमीको दिन सुनको सिक्री चोरी गर्ने एक पक्राउ
- मोटरसाइकलको ठक्करबाट तीन पैदलयात्रीसहित चार जना घाइते
- भारतबाट अवैध रूपमा ल्याइँदै गरेको १४० कार्टुन कुखुराका चल्ला बरामद
- चट्याङ लागेर सप्तरीमा बुवा–छोरीको मृत्यु












