समाचार

आज प्रणय दिवस, प्रेम साटासाट गरी विश्वभर मनाइँदै

राजविराज । आज फेब्रुअरी १४, प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे। नेपालसहित विश्वभर प्रेमिल जोडीले यस विशेष दिन उत्साहका साथ मनाउने गर्छन्।

एक सातासम्म मनाइने भ्यालेन्टाइन सप्ताहको अन्तिम तथा सबैभन्दा महत्त्वपूर्ण दिनका रूपमा आज प्रेम जोडीले एकआपसमा उपहार आदान–प्रदान गर्दै माया साटासाट गर्ने चलन छ। 

यो दिवस मनाउने क्रममा प्रेमी प्रेमीकाले एक अर्कालाई फूल, कार्ड, चकलेट उपहार साटासाट गर्ने तथा युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा आफूलाई मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने दिनका रूपमा लिने गरेका छन्। पछिल्लो समय भ्यालेन्टाइन डे आउनु एक हप्ता पहिले नै सप्ताहव्यापी रूपमा यो दिवस मनाइने गरिन्छ।

विशेष गरी यो दिनलाई प्रेम प्रस्ताव राख्ने, प्रेम भाव प्रकट गर्ने र प्रेम सम्बन्धलाई अझ सुदृढ बनाउने अवसरका रूपमा लिइन्छ। 

फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे, ९ लाई चकलेट डे, १० लाई टेडी डे, ११ लाई प्रमिस डे, १२ लाई चुम्बन डे, १३ लाई हग डे र १४ लाई भ्यालेन्टाइन डे को रूपमा मनाउने गरिन्छ।

   

You cannot copy content of this page