बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
मधेस प्रदेश

सप्तरीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् ५ वर्षपछि पक्राउ 

कञ्चनरूप, २ फागुन । सप्तरी प्रहरीले आफ्नै पत्नीको हत्या गरेको आरोपमा एक जनालाई ५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका २ बस्ने  सन्तोष साह रहेको सप्तरी प्रहरीले जनाएको छ । 

पत्नी गायत्री कुमारी साहलाई हत्या गरेको आरोप लागि फरार रहेका साहलाई ५ वर्षपछि प्रहरीले बिहीबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

साहले श्रीमती गायत्रीकुमारीलाई २०७६ साल चैत ६ गते राति कुटपिट गरी शम्भुनाथ नगरपालिका-२ ट्राफिक चोकदेखि चार सय मिटर पूर्वमा फालेका थिए । भोलिपल्ट स्थानीयले फेला पारेर गायत्रीलाई युनिक अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।  

साहसंग गायत्रीको २०७६ जेठ २६ गते विवाह भएको थियो । बिहेपछि दुबै जनाबीच पटक-पटक विवाद हुँदै आएको थियो। 

जिल्ला अदालत राजविराजबाट सन्तोषलाई कर्तव्य ज्यानमुद्दामा ३ दिन म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page