सप्तरी । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
निगमले शनिबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ बढाएको छ भने डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँले घटाएको छ ।
नयाँ मूल्यअनुसार अब काठमाडौँमा पेट्रोलको १६८ रुपैयाँ तथा डिजेल र मट्टीतेलको १५६ रुपैयाँ प्रतिलिटर पर्ने भएको छ।





