बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीको अध्यक्षमा कृष्णकुमार मण्डल चयन

राजविराज, ३ फागुन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सप्तरीको पाँचौ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । 

अधिवेशनले कृष्ण कुमार मण्डल धानुकको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला समिति गठन गरेको छ । 

गठित समितिको उपाध्यक्षमा रामप्रसाद चौधरी थारु, सचिवमा रामनाथ चौधरी थारु, सह-सचिवमा कमल प्रसाद मण्डल धानुक चयन हुनुभएको छ । त्यस्तै कोषाध्यक्षमा जयन्ती सिंह दनुवार चयन हुनुभएको छ । 

यसैगरी समितिको सदस्यहरुमा भद्र कुमारी लामा तामाङ, चन्द्र बहादुर तामाङ, पूर्ण मगर, करुणा राई, रामसेवक मण्डल धानुक, मिलन लेखी थारु, दिपक सिंह दनुवार र सरोज राना मगर रहेका छन् । 

अधिवेशनले प्रिया सिंह थारु, बृजमान तामाङ र जितेन्द्र कुमार चौधरीलाई प्रदेश प्रतिनिधि चयन गरेको छ भने केन्द्रीय प्रतिनिधिमा डम्बर राईलाई चयन गरेको छ । 

अधिवेशन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ  सप्तरीका उपाध्यक्ष जितेन्द्र प्रसाद चौधरी थारुको अध्यक्षता तथा अग्नीसाइर कृष्णासवरण गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । 

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page