आइतबार, ९ कात्तिक २०८३
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, ९ कात्तिक २०८३
विज्ञापन · 320 × 100728 × 90यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: ९८१४७२८१७१ · krnewsportal@gmail.com
समाज

सप्तरीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक राउत पक्राउ

कञ्चनरूप, २२ फागुन । सप्तरीको सप्तकोशी नगरपालिकाको एक विद्यालयमा अध्यनरत छात्रालाई यौन दुरुपयोग गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  

सप्तरीको सप्तकोशी नगरपालिका वडा न.२ स्थित गौवद्र्धन बैरागी जनता माध्यमिक विद्यालयभित्रै विद्यार्थीमाथि बाल यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको हो ।

शिक्षकले आफ्नै विद्यार्थी छात्रालाई यौन दुरुपयोग गरेको आरोपमा विद्यालयका कम्प्युटर शिक्षक रमेशकुमार राउत पक्राउ परेका हुन।

बिधालयमा करारमा कार्यरत शिक्षक धनुषाको सवैला नगरपालिका ३३ बर्षिय रमेशकुमार राउतले आफ्नै विद्यार्थीलाइ यौन दुरुपयोग  गरेको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरेको छ।

शिक्षक राउतले विद्यार्थीलाइ प्राक्टिकल विषयमा राम्रो अंक दिने र केहि विषयमा कुरा गर्नुछ भन्दै कक्षाकोठामा बोलाएर यौन दुरुपयोग  गर्न खोजेपछि आफू चिच्याएको पीडित छात्राले प्रहरी समक्ष बयान दिएकी छिन्।

कक्षा कोठामा बोलाएर शिक्षकले छात्रालाई जिउमा सुम्सुम्याउने, कपाल तान्ने, जस्ता क्रियाकलाप गर्न थालेपछि छात्राले हल्ला गरेको थाहा पाएपछि बिधालय हात भित्र रहेका विद्यार्थीले हो हल्ला गरि  अभिभावक बोलाइ शिक्षकलाई नियन्त्रणमा लिएर प्रहरीलाई खवर गरेका थिए।

पीडित छात्राका आफन्तले बुधबार इलाका प्रहरी कर्यालय कंचनपुरमा शिक्षकविरुद्ध उजुरी दिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसन्धान अधिकृत राजाबाबु ठाकुरले जानकारी दिए।

पक्राउ परेका शिक्षकलाई बुधबार सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि यौन दुरुपयोग कसुरमा अनुसन्धान भइरहेको ठाकुरले बताए ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: ९८१४७२८१७१

You cannot copy content of this page