आइतबार, ९ कात्तिक २०८३
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, ९ कात्तिक २०८३
विज्ञापन · 320 × 100728 × 90यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: ९८१४७२८१७१ · krnewsportal@gmail.com
कोशी प्रदेश

कोशी प्रदेशबाट ३२ थान चोरीको मोबाइलहरु बरामद

विराटनगर, २३ फागुन । कोशी प्रदेशबाट प्रहरीले विभिन्न समयमा चोरी भएका ३२ थान मोबाइलहरु बरामद गरेको छ । 

कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह तथा जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट संयुक्तरुपमा परिचालन भएको प्रहरी टोलीले चोरी भएको मोवाइल खोज तलासको क्रममा बिभिन्न कम्पनीका ३२ थान मोवायल बरामद गरेको हो । 

माघ २१ गते मोरङको उर्लाबारी नगरपालिका-५ स्थित योगराज कार्कीको मोबाइल वल्ड पसलको सटर तोडफोड गरी चोरी भएको मोबाइलहरु खोजतलासको क्रममा परिचालन भएको प्रहरी टोलीले भारतीय प्रहरीसंगको सहकार्यमा भारतका बिभिन्न स्थानहरुबाट उर्लाबारीमा चोरी भएको २० थान मोवायल, नवलपरासीमा चोरी भएको ११ थान र दमकमा चोरी भएको १ थान मोवायल बरामद गरेको छ ।  

मोवायल चोरीको घटना सम्बन्धमा अन्य थप अनुसन्धान तथा चोरीमा संलग्न व्यक्तिहरुको खोजतलास कार्य भईरहेको जनाइएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: ९८१४७२८१७१

You cannot copy content of this page