आइतबार, ९ कात्तिक २०८३
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, ९ कात्तिक २०८३
विज्ञापन · 320 × 100728 × 90यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: ९८१४७२८१७१ · krnewsportal@gmail.com
समाज

लेनदेन मुद्दाकी फरार प्रतिवादी सीतादेवी थरुनी पक्राउ

कञ्चनरूप, २५ फागुन । सप्तरी प्रहरीले आइतबार लेनदेन मुद्दाकी एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका वडा नम्बर ५ की सीतादेवी थरुनी रहेको सप्तरी प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा चौधरीलाई आइतबार फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी अधिकृत प्रहरी निरीक्षक सुरेन्द्र नेपालीले जानकारी दिनुभयो ।
चौधरी विरुद्ध सप्तरी जिल्ला अदालत राजविराजले लेनदेन मुद्दामा दोषी ठहर गरि ६ महिना कैद सजाय तोकेको थियो ।
फरार रहेकी चौधरीलाई नियन्त्रणमा लिई आइतबार सप्तरी जिल्ला अदालत राजविराज दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: ९८१४७२८१७१

You cannot copy content of this page