कञ्चनरूप, २६ फागुन । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ३ सकरपुरामा आइतबार राति आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ ।
स्थानीय नथुनी यादव, लखन मुखिया र गोकर्ण मुखियाको घरमा राती ८ बजे आगलागी भएको हो ।
आगलागीपाट नथुनीको दुई, लखनको एक र गोकर्णको एक गरी चारवटा घर जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।
आगलागीमा परि यादवको एउटा खसी र एउटा बाख्रा जलेर मृत्यु भएको छ । यादवको गुहालीमा बालिएको घुरबाट आगो सल्केको बताइएको छ ।
आगलागीबाट ६ वटा बाख्रा, ७ तोला सुन, २ केजी चाँदी र २ लाख ३५ हजार नगदसमेत जलेको कुल ३३ लाख ७० हजार बराबरको क्षति भएको प्रहरी चौकी तिलाठीले जनाएको छ।
आगो राजविराजबाट गएको बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।



