आइतबार, ९ कात्तिक २०८३
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, ९ कात्तिक २०८३
विज्ञापन · 320 × 100728 × 90यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: ९८१४७२८१७१ · krnewsportal@gmail.com
कोशी प्रदेश

२४ वर्षपछि कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी राई पक्राउ

भोजपुर, फागुन २६ गते । जिल्ला प्रहरी कार्यालय भोजपुरले २४ वर्ष पछि कर्तब्य ज्यान मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । भोजपुर पौवादुम्मा गाउँपालिका-६ का ४६ वर्षीय शान्त कुमार राईलाई घटनाको २४ बर्ष पछि प्रहरीले पक्राउ गरेको हो  । 

भोजपुरको सविक ठुलोदुम्मा गा.वि.स.-८ का बिजय कुमार राईलाई शान्त कुमारले २०५७ साल साउन १३ गते मरणासन्न हुने गरी कुटपिट गरी घाईते बनाएकोमा बिजय कुमारको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा साउन १८ गते मृत्यु भएको थियो । 

घटना पश्चात तत्काल भागी फरार रही लुकि छिपी बस्दै आएका राईको खोजतलासको क्रममा गाउँ घरमा नै आएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका राईलाई तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारगार भोजपुर पठाईएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: ९८१४७२८१७१

You cannot copy content of this page