समाचार

सप्तरी प्रहरीद्वारा लेनदेन मुद्दाका फरार प्रतिवादी चन्देश्वर खंग पक्राउ

कञ्चनरूप, २७ चैत । सप्तरी प्रहरीले लेनदेन मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको महादेवा गाउँपालिका ३ का चन्देश्वर खंग रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

सप्तरी जिल्ला अदालत राजविराजबाट लेनदेन मुद्दामा वरदात पश्चात् फरार रहेका उनलाई खोजतलासको क्रममा मंगलबार फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदय कुमार राईले जानकारी दिनुभयो ।

लेनदेन मुद्दामा ६ महिना कैद तोकिएका खंगलाई आवश्यक कारबाहीका लागि बुधबार सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको प्रहरी निरीक्षक राईले बताउनुभयो ।

   

You cannot copy content of this page